PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

बालबालिकालाई नेपाली मौलिक भाषा सिकाउन युट्युबमा वर्णमाला



बालबालिकालाई नेपाली मौलिक भाषा सिकाउन युट्युबमा वर्णमाला

काठमाडौं : बालबालिकाका निम्ति नेपाली भाषामा मौलिक र स्तरिय बालरचनाहरूको अभावलाई ध्यानमा राख्दै नेपालयले बाल रचनाहरू निर्माण गर्न शुरु गरेको छ। नेपालभित्र र विश्वभर छरिएर रहेका नेपाली भाषी बालबालिकाहरूमै समर्पित हुनेगरि यो काम नेपालयले अघि बढाएको हो।

यस्ता गीतहरूमा शिशु कक्षादेखिका बालबालिकालाई शैक्षिक हिसाबले समेत काम लाग्नेगरि बाह्रखरि, अंकगणितसँगै विविध विषय समेटिएका छन्। बालबालिकाको मनोभावलाई सुहाउने बाल रचनाहरू संगीतकार आभासले रचना गरेका छन्। आभासले बालबालिकाको निम्ति तयार पारेका बालगीतहरू पहिले पनि लोकप्रिय भइसकेका छन्।

नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार यस्ता बालगीतहरूलाई पुस्तकाकारमा पनि पब्लिकेशन नेपालयले तयार पारेर सर्वत्र उपलब्ध गराउने तयारी रहेको जानकारी गराएका छन्।

आभासले विविध विषय समेटिएका झण्डै ४० वटा बालगीत तयार पारिसकेका छन्। तिनलाई क्रमशः कार्टुन चलचित्रसहित ‘नेपाली बाल रचना’ च्यानलमार्फत् सार्वजनिक गरिने नेपालयले जानकारी गराएको छ।

साथै तिहारको अवसर पारेर युट्युबमार्फत् बालबालिकालाई उपहार स्वरुप वर्णमालामा आधारित गीतहरूको शृंखला सार्वजनिक गरिने नेपालयले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell