PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

धादिङमा प्रहरीले चलायो अबैध घरेलु मदिरा सर्च अपरेसन, ३५० लिटर मदिरा नष्ट



धादिङमा प्रहरीले चलायो अबैध घरेलु मदिरा सर्च अपरेसन, ३५० लिटर मदिरा नष्ट

धादिङ : ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले ठूलो परिमाणमा बरामद गरिएको अबैध घरेलु मदिरा नष्ट गरेको छ। प्रहरीले धादिङका विभिन्न स्थानबाट बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधीको रोहवरमा आज नष्ट गरेको हो।

ईलाका प्रहरी कार्यालय गजुरी धादिङले चाड पर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत ईलाकाको खास गरि सिद्धलेक, परेवाडाडा, चालिसे, मलेखु, घाटबेँशी लगायतका स्थानका होटलबाट मदिरा बरामद गरेको थियो।

प्रहरीले गत असोज २५ गतेदेखि चलाएको सर्च अभियानबाट ३५० लिटर अबैध मदिरा बरामद गरेको थियो। समाजमा विशेष गरि चाडपर्वको समयमा घरेलु मदिरा सेवन गरि झैझगडा लगायतका गतिविधिहरु बढ्दै गएको सन्दर्भमा प्रहरीले यसलाई नियन्त्रण गर्ने अभियानलाई तिब्रता दिएको छ। आगामी दिनमा यस कार्यलाई स्थानीय निकायहरुसँग समेत समन्वय गरि ईलाकाको ग्रामीण क्षेत्र तथा गाउँ स्तरमा समेत यो अभियानलाई तिब्रता दिई अबैध घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण गर्ने कार्यलाई कडाई गरिने ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले बताए।

प्रहरीले सञ्चालन गरेको उक्त अभियानले समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने कार्यमा टेवा पुगेको स्थानीयले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell