PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जापानी सम्राट नारूहितोद्वारा राजगद्दी आरोहण



जापानी सम्राट नारूहितोद्वारा राजगद्दी आरोहण
फोटो: AP

टोकियो : जापानी सम्राट नारूहितोले  मंगलबार जापानी उच्च धार्मिक परम्परा अनुसार औपचारिकरूपमा राजगद्दी आरोहण गरेका छन्। टोकियोस्थित राजदरबारको सेइडेन स्टेट हलमा राज्याभिषेक समारोहको आयोजना भएको थियो।

विश्वभरबाट निम्त्याइएका करिब दुई हजार अतिथिका साथै पूर्व सम्राट तथा आफ्ना पिता अकिहितोको उपस्थितिमा ५९ वर्षीय नारुहितोको राजगद्दी आरोहण भएको हो। सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो यसै बर्ष मे महिनामा जापानको सम्राट बनेका थिए।

विभिन्न परम्परागत विधि सम्पन्न भएपछि मात्रै नारूहितोको औपचारिक राजगद्दी आरोहण भएको हो। जापानी सम्राटले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो ताकामिकुरा (राजगद्दी)मा बसेका हुन्। त्यहाँबाट उनले एउटा लिखित मन्तव्य वाचन गरेका थिए।

संवैधानिक राजतन्त्र रहेको जापानमा सम्राटको भूमिका प्रायः आलङ्कारिक रहन्छ। जापानमा भर्खरै समुद्री आँधी हगिबिसका कारण धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell