PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भक्तपुरका वडावडामा शारीरिक व्यायाम स्थल



भक्तपुरका वडावडामा शारीरिक व्यायाम स्थल

भक्तपुर : भक्तपुर नगरपालिकाका प्रत्येक वडामा शारीरिक व्यायाम स्थल निर्माण गरिँदैछ। सोही क्रममा आज भक्तपुर वडा नम्बर १ मा नगर प्रमुख सुनिल प्रजापतिले नवनिर्मित शारीरिक व्यायाम स्थलको उद्घाटन गरेका छन्। त्यससँगै त्यहाँ निर्माण गरिएको नयाँ पाटी सर्वसाधारणका लागि खुल्ला गरिएको छ।

प्रजापतिले शारीरिक व्यायाम सामग्री नःपली सेजनानगर सेवा समितिलाई हस्तान्तरण गरेका थिए। उनले नगरपालिकाले खुल्ला स्थानमा व्यायाम सामग्री राख्नुको मुख्य उद्देश्य सबै नागरिकहरुलाई स्वस्थ बनाउनु रहेको बताउँदै शारीरिक व्यायाम र खेलकुद मानव जीवनको अभिन्न अंग रहेको बताए।

उनले समाजवादउन्मुख व्यवस्था अनुसार आफ्ना नीति तथा कार्यक्रमलाई अगाडि बढाइरहेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई सैनिक तालिम दिइने व्यवस्थाको माग नेपाल मजदुर किसान पार्टीले अगाडि सारेको बताए।

उनले भने, 'यो हाम्रो प्रयास खेलकुदमा सरिक व्यक्तिहरु शारीरिक रुपमा तन्दुरुस्त रहुन् भनेर हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell