PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सिरियामा शान्ति कायम गर्न रसिया र टर्कीका राष्ट्रपतिबीच 'ऐतिहासिक' सहमति



सिरियामा शान्ति कायम गर्न रसिया र टर्कीका राष्ट्रपतिबीच 'ऐतिहासिक' सहमति
Reuters

रसिया र टर्कीले सिरियामा पछिल्ला केही हप्ता यता भएका द्वन्द्वलाई रोक्ने सम्बन्धमा सहमति गरेका छन्। रसियाका राष्ट्रपति भ्लादमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच भएको वार्तामा युद्धविराम गर्ने सहमति भएको हो।

उनीहरुबीच सिरियाली कुर्द फौजलाई टर्कीसँग जोडिएको सिरियाको सीमावर्ती क्षेत्रबाट टाढा राख्ने सहमती भएको बताइएको छ। दुबै राष्ट्रले उक्त सम्झौतालाई ‘ऐतिहासिक’ भनेका छन्।

केही समयअघि टर्कीले सीमावर्ती क्षेत्र सुरक्षित गर्ने उद्देश्यसहित कुर्द लडाकुहरुलाई लक्षित गरेर सिरियामा आक्रमण गरेको थियो। विश्वभरबाट सो आक्रमणको निन्दा भएको थियो। सिरियाली राष्ट्रपति बसर अल असदसँग राम्रो सम्बन्ध रहेको रसियाली राष्ट्रपति पुटिनले पनि टर्कीले गरेको आक्रमणप्रति चिन्ता व्यक्त गरेका थिए।

आज भएको सहमतिपछि अब रसिया र टर्कीले सिरियासँग जोडिएको सीमामा संयुक्त रुपमा गस्ती गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell