PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कार्यकर्ता आक्रमणप्रति ने क पाले जनायो आपत्ति



कार्यकर्ता आक्रमणप्रति ने क पाले जनायो आपत्ति

काठमाडौ‌ं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा आज नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ।

आज बिहान ने क पाका केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह र अनेरास्ववियुका जिल्ला सदस्य विशाल बस्नेतलगायतलाई बारेकोटको लैखमभीरमा आक्रमण गरी सख्त घाइते बनाएको ने क पाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

ने क पाका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'त्यस प्रकारको बर्बर आक्रमणको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । घाइतेको शीघ्र स्वास्थलाभको कामना गर्दछौं, आक्रमणकारीलाई कडा कानूनी कारवाही गर्न सम्बद्ध निकायको ध्यानकार्षण गराउँदछ।' रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell