PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चावहिलमा घर भत्काउँदा गारोले पुरिएर घाइते भएका दिपक तामाङको मृत्यु



चावहिलमा घर भत्काउँदा गारोले पुरिएर घाइते भएका दिपक तामाङको मृत्यु

काठमाडौं : चावहिल शान्तिमार्गमा पुरानो घर भत्काउने क्रममा गारोले पुरिएर घाइते भएका दिपक तामाङको उपचारको क्रममा मृत्यु भएको छ। तामाङको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम राज सुवेदीले जानकारी दिए।

घर भत्काउने क्रममा गारोले पुरिएर घरधनीसहित तीन जना घाइते भएका थिए। घाइतेहरुलाई तत्कालै अस्पताल पुर्‍याएको थियो।

घर भत्काउँदा घरधनी गोविन्द श्रेष्ठ, बाटोमा हिँडिरहेका दिपक तामाङ र चाबहिलमा रहेको टिफिन होमका कर्मचारी ३५ वर्षीय रामबहादुर कुँवर घाइते भएका थिए।

घाइतेको चाबहिलस्थित मेडिकेयर अस्पतालमा र दीर्घायु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell