PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

हङकङ आन्दोलन : फूल दिने बहानामा चीन समर्थक सांसदमाथि चक्कु प्रहार



हङकङ आन्दोलन : फूल दिने बहानामा चीन समर्थक सांसदमाथि चक्कु प्रहार
फोटो: CNA

हङकङमा चीन पक्षधर सांसदमाथि चक्कु प्रहार भएको छ। हङकङ सरकार विरुद्ध चार महिनादेखि भइरहेको प्रदर्शनको विरोधमा रहेका ती सांसदमाथि एक आन्दोलनकारीले चक्कु प्रहार गरेको सीएनएले जनाएको छ।

आक्रमणका कारण सांसद जुनियस हो र उनका सहायक घाइते भएका छन्। हाल उनीहरुलाई अस्पताल लगिएको छ।

आफ्नो निर्वाचन क्षेत्र पुगेका होलाई फूल दिन पुगेका व्यक्तिले चक्कु प्रहार गरेको बताइएको छ। आक्रमण लगत्तै होका समर्थकहरुले चक्कु प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका थिए।

आक्रमणकारीलाई हाल अस्पताल लगिएको छ। उनको परिचय हङकङ प्रशासनले सार्वजनिक गरेको छैन।

करिब चार महिना अघि हङकङ सरकारले संसदमा सुपुदर्गी विधेयक प्रस्तुत गरेको थियो। विधेयक विरुद्धको आन्दोलन उग्र बन्दै गएपछि सरकारले विधेयक फिर्ता लिएको थियो। यद्यपि, प्रदर्शनकारीहरुले ल्यामले राजीनामा दिनुपर्ने, प्रदर्शनका क्रममा भएको दमनबारे निष्पक्ष छानविन हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन्। आन्दोलनमा चीनबाट हङकङलाई स्वतन्त्र बनाउने पक्षधरहरुको बाहुल्यता रहेको छ।

प्रदर्शनकारीले विदेशी राष्ट्रहरुसँग हङकङ मामिलामा हस्तक्षेप गर्न आह्वान गरेपछि चीनले एक राष्ट्र दुई प्रणाली नीतिमाथि संकट उत्पन्न भए कदम चाल्न बाध्य हुनुपर्ने चेतावनी दिइसकेको छ। हाल प्रदर्शनरत पक्षलाई 'आतंकवाद' सँगै तुलना गर्दै चीनले हङकङमा चीनको झण्डा जलाउने, चिनियाँ कार्यालयहरुमा तोडफोड भएको भन्दै अवस्था नियन्त्रणमा लिन हङकङमा चिनियाँ जनमुक्ति सेना परिचनलन हुन सक्ने चेतावनी दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell