PahiloPost

Nov 13, 2019 | २७ कात्तिक २०७६

विवादका बीच कांग्रेसबाट कास्की-२ मा खेमराज पौडेल उम्मेदवार



विवादका बीच कांग्रेसबाट कास्की-२ मा खेमराज पौडेल उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसले कास्की निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नेपाली कांग्रेसको पदाधिकारी बैठकले कास्की कांग्रेसका पुराना नेता पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

तर पौडेललाई उम्मेदवार बनाउने निर्णयमा सभापति शेरबहादुर देउवा इतरका नेताहरुले भने पदाधिकारी बैठक बहिष्कार गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सितादेवि यादव र नेता कृष्ण सिटौलाले पदाधिकारी बैठक बहिष्कार गरेका हुन्।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गत वर्ष फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ प्रतिनिधि सभा सदस्य विहिन छ। ने क पाले भने अधिकारीकै श्रीमती विद्या भट्टराईलाई उमेद्वार बनाएको छ।

कास्की–२ मा उम्मेदवार बन्ने आकांक्षा राखेका केन्द्रीय सदस्य धनराज गुरुङले अन्तिम समयमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए। सभापति देउवा इतरको समुहबाट गत आम चुनावमा उम्मेदवार बनेका देवराज चालिसे आकांक्षी थिए। देउवाले गुरुङको नाम अघि सारेपछि पौडेल समेत सकारात्मक देखिएका थिए। तर, देउवा गुरुङको नामबाट पछि हट्दै खेमराज पौडेलको पक्षमा उभिएपछि उनीहरु बैठबाट बाहिरिएका हुन्।

विवाद बढेपछि गुरुङले पदाधिकारी बैठकमै गएर आफूलाई उम्मेदवार नबनाउन आग्रह गरेका थिए।



विवादका बीच कांग्रेसबाट कास्की-२ मा खेमराज पौडेल उम्मेदवार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell