PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले थाल्यो 'स्कुल नर्स कार्यक्रम', यस्ता छन् कार्यक्रममा समावेश ४५ विषय



दिप्रुङ चुइचुम्मा गाउँपालिकाले थाल्यो 'स्कुल नर्स कार्यक्रम', यस्ता छन् कार्यक्रममा समावेश ४५ विषय

खोटाङ: खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आजबाट गाउँपालिकाभित्रका विद्यालयमा 'स्कुल नर्स कार्यक्रम' प्रशिक्षण थालेको छ। प्रशिक्षण गाउँपालिका-२ स्थित महेन्द्रोदय मावि ओख्रेबाट शुरु भएको हो।

स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा जनस्तरसम्म  पुर्‍याउन कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिए। स्वास्थ्य , शिक्षा, विद्यालय र समाज एक अर्कामा अन्योन्याश्रित समन्वय रहेका विषय भएकोले प्रत्येक विद्यालयले हप्ताको एक पिरियड यो कार्यक्रमलाई छुट्याउनु पर्ने र गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी विद्यालयमा गई स्वास्थ्यसम्बन्धी अध्यापन गराउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले जानकारी दिए।

कार्यक्रममा हात धुनुको महत्वदेखि बालविवाह रोक्नसम्मका ४५ विषयहरु समावेश गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell