PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद मंगलवार नेपाल आउने 



बंगलादेशका राष्ट्रपति अब्दुल हमिद मंगलवार नेपाल आउने 
फोटो : Dhaka Tribune ।

काठमाडौं : बंगलादेशका राष्ट्रपति अब्दुल हमिद मंगलवार नेपाल आउने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा हमिद तीन दिने नेपाल भ्रमणमा आउन लागेका हुन्।

उनले राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, परराष्ट्रमन्त्री र प्रमुख दलका शीर्ष नेताहरुलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

नेपाल बसाइका क्रममा राष्ट्रपति हमिदले पोखरा र काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको पनि भ्रमण गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell