PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पाँच दिने पूर्वी जिल्ला भ्रमणमा निस्कँदै कांग्रेस वरिष्ठ नेता पौडेल



पाँच दिने पूर्वी जिल्ला भ्रमणमा निस्कँदै कांग्रेस वरिष्ठ नेता पौडेल
फाइल फोटो

काठमाडौं: नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन प्रदेश नम्बर एकका विभिन्न जिल्लाको भ्रमणमा निस्कने भएका छन्।
 
वरिष्ठ नेता पौडेल मंगलवार मकवानपुरको हेटौडामा हुने पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रदेश नम्बर ३ स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएर पूर्व यात्रामा निस्कन लागेको उनको सचिवालयले जनाएको छ। पौडेलका नीजि सचिव चिरिन्जीवी अधिकारीका अनुसार कात्तिक २७ गते पौडेल बाराको निजगढ र सिरहाको लाहानमा हुने कार्यक्रममा सहभागी हुनेछन्।
 
पौडेलको प्रदेश नम्बर १ का जिल्लाहरुको भ्रमण सुरु झापाबाट गर्ने कार्यक्रम छ। कात्तिक २८ गते नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको आयोजनामा हुने बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। २९ गते पौडेलले झापाबाट इलामका लागि प्रस्थान गर्ने र इलाममा हुने आमसभालाई सम्बोधन गर्नेछन्।
 
त्यसैगरी कात्तिक ३० गते इलामबाट पाँचथर प्रस्थान गर्ने र  पाँचथरको फाल्गुनान्द गाउँपालिकाको चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ। मंसिर १ मा पाँचथरवाट ताप्लेजुङ्ग प्रस्थान गर्ने र नेपाली कांग्रेस ताप्लेजुङ्गले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell