PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रानी मुखर्जीले जितिन् 'मोस्ट इन्फ्लुयन्सियल पर्सनालिटी अवार्ड'



रानी मुखर्जीले जितिन् 'मोस्ट इन्फ्लुयन्सियल पर्सनालिटी अवार्ड'
फोटो : Hindustan Times ।

मुम्बई : बलिउड अभिनेत्री रानी मुखर्जीले 'मोस्ट इन्फ्लुयन्सियल पर्सनालिटी अवार्ड' जितेकी छिन्। उनले फिल्म 'हिच्की'को लागि सो अवार्ड पाएकी हुन्

कुनै समयमा 'मोस्ट सक्सेसफुल' हिरोइनको टप लिस्टमा पर्ने गरेकी मुखर्जीले यो पटक पनि फिल्म 'हिच्की'मा राम्रो अभिनय गरेका कारण सो अवार्ड जितेकी हुन्।

'हिच्की'लाई सिद्धार्थ मल्होत्राले निर्देशन गरेका हुन्। २ सय ५० करोडको व्यापार गरेको उक्त फिल्मलाई दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया मिलेको थियो।

हालै अवार्ड जितेपछि एक अन्तर्वार्ताको दौरान रानीले आफूलाई 'मोस्ट इन्फ्लुयन्सियल पर्सनालिटी' भन्नू निकै सम्मानपूर्ण रहेको बताएकी छिन्।

उनले भनकी छिन्, 'यस्तो किसिमको फिल्म गर्न पाँउदा म आफूलाई निकै लक्की ठान्छु, किन कि यस्तो फिल्मले मलाई काम गर्न प्रेरित गर्छ जसलाई सबै दर्शकले रुचाउनु हुन्छ।'

अहिले रानी फिल्म 'मर्दानी-२' को सुटिङमा व्यस्त छिन्। 'मर्दानी-२' २०१४ मा रिलिज भएको 'मर्दानी' को सिक्वेल हो। यो फिल्म डिसेम्बर १३ मा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell