PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जुवा खालबाट पक्राउ परेका प्रधानमन्त्रीका सुरक्षा गार्डलाई सेनाले बुझायो प्रहरीकहाँ



जुवा खालबाट पक्राउ परेका प्रधानमन्त्रीका सुरक्षा गार्डलाई सेनाले बुझायो प्रहरीकहाँ

काठमाडौं : जुवा खालबाट प्रहरीले केही साताअघि पक्राउ गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा गार्ड राजेन्द्र शाहीलाई नेपाली सेनाले अनुसन्धानको लागि प्रहरीसँग उपस्थित गराएको छ।

नेपाली सेनाका मेजर शाहीलाई महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले कात्तिक १५ गते टोखा नगरपालिका वडा नम्बर १० स्थित खरीबोटमा जुवा खेलिरहेको अवस्था नियन्त्रणा लिएको थियो। खालबाट प्रहरीले १ लाख ५९ हजार रुपैयाँ पनि जफत गरेको छ।

अनुसन्धानको लागि मेजर शाही आवश्यक परेको भन्दै प्रहरीले पत्रचार गरेकाले प्रहरीसँग उपस्थित गराएको नेपाली सेनाले जानकारी दिएको छ। प्रहरीले भोलिपल्ट नै मेजर शाहीलाई नेपाली सेनाकहाँ बुझाइसकेको थियो।

गल्ति गरे जो कोही भए पनि नियम बमोजिम कारबाही हुनुपर्ने नेपाली सेनाले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell