PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेकपाका बागी बनेका शेरमानले भने, 'भोट चाहि गिलासमै हाल्नुस्'



नेकपाका बागी बनेका शेरमानले भने, 'भोट चाहि गिलासमै हाल्नुस्'

काठमाडौं: बागलुङ क्षेत्र नम्बर २ को 'ख' मा बागी उम्मेदवारी दिएका शेरमान घर्तीमगरले उम्मेदवारी फिर्ता लिन नपाएको उल्लेख गर्दै जनमोर्चाकै उम्मेद्वारलााई सघाउन अपिल गरेका छन्। आइतबार उनलाई नेकपाले उम्मेद्वारी फिर्ता लिन अधिकतम प्रयास गरेको थियो। हेलिकप्टर लिएर जाँदा समेत उम्मेद्वारी फिर्ता लिने समय नाघेपछि उनले एक विज्ञप्ति जारी गर्दै जनमोर्चाका उम्मेद्वारलाई सघाउन भनेको हो।

नेकपाले उक्त क्षेत्रमा राष्ट्रिय जनमोर्चाका उम्मेद्वार खिम विक्रम शाहीलाई सहयोग गर्ने निर्णय गरेको थियो। तर केन्द्रले कार्यकर्तालाई अन्याय गरेको भन्दै मगरले स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

'विशेष कारणबस उम्मेदवारी फिर्ता लिने समय सकिएकोले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको साझा बामपन्थी उम्मेदवारको रुपमा रहनु भएका क. खिम विक्रम शाहिको पक्षमा पूर्ण समर्थन गर्दै मेरो स्वतन्त्र उम्मेदवारी नरहेको व्यहोरा जानकारी गराउन चाहन्छु,' शेरमानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सम्पुर्ण प्रदेश बासी जनसमुदायहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको साझा बामपन्थी उम्मेदवार कमरेड खिम विक्रम शाहिलाई गिलास चिन्हमा मतदान गरि विजयी गराउनका लागि हार्दिक अपिल गर्दछु।'

यो पनि

केन्द्रले 'लास्टै पेलेपछि' बागी बनेको बाग्लुङका शेरमानको तर्क, भने : हामी चाहिँ भोटमात्र हालेर बस्ने?

बागी फकाउन नेकपाले उडायो हेलिकप्टर, सदरमुकाममा ल्यान्ड नगर्दै सकियो उम्मेद्वारी फिर्ताको समय



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell