PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'लाल सिंह चड्ढा'मा आमिरको सरदार लुक्स



'लाल सिंह चड्ढा'मा आमिरको सरदार लुक्स
फोटो : hindustantimes.com ।

मुम्बई : बलिउडका 'मिस्टर परफेक्शनिस्ट' आमिर खान पहिलो पटक सरदारको भूमिकामा देखिने भएका छन्। फिल्म 'लाल सिंह चड्ढा'मा आमिरले सरदारको भूमिका निर्वाह गर्ने भएका हुन्। हालै यहि फिल्मको सुटिङ सेटबाट आमिरको पहिलो तस्विर बाहिरिएको छ।

उक्त तस्विरमा उनी सरदारको लुक्समा प्रस्तुत भएका छन्। उनी पहिलो पटक फिल्ममा सरदारको लुक्समा देखिएका हुन्। यसअघि फिल्मको मोशन पोस्टर सार्वजनिक गरिएको थियो।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

#AamirKhan as #laalsinghchaddha on the sets in Chandigarh #photooftheday #sunday

A post shared by Manav Manglani (@manav.manglani) on

'लाल सिंह चड्ढा' हलिउड फिल्म 'फरेस्ट गुम्पस'को हिन्दी रिमेक हो। यो फिल्ममा १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि भारतमा सिख समुदायको विरुद्ध लडेकाहरुको कहानीमा आधारित रहेको बताइएको छ।

फिल्ममा आमिरसँगै अभिनेत्री करिना कपूरको मुख्य भूमिका रहेको छ। पछिल्लो समय आमिर अभिनित फिल्म 'ठग्स अफ हिन्दूस्तान' ले बक्स अफिसमा व्यापारिक सफलता हासिल गरेन।

लाला सिंह चड्ढा २०२० को क्रिस्मसको अवसरमा रिलिज हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell