PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'अघोरी बाबा'की श्रीमती पाण्डे पक्राउ



'अघोरी बाबा'की श्रीमती पाण्डे पक्राउ
फोटो : नेपाल पुकार अनलाइन टिभी/युट्युव।

काठमाडौं : सामाजिक सञ्जाल तथा युट्युवमार्फत चर्चामा आएका एक 'अघोरी बाबा'की श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत बौद्धको टोलीले विजय केसी भनिने अघोरी बाबाकी श्रीमती शारदा पाण्डेलाई नियन्त्रणमा लिएको हो।

'ठगीको उजुरी परेपछि बाबाकी श्रीमतीलाई केही सोधपुछ गर्न बोलाएका हौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।

केसी 'लाइफ ड्यामेज' बाबाको रुपमा परिचित छन्। पछिल्लो समय उनी शारदा पाण्डेसँगको विवाह गरेको कारण पनि चर्चामा आएका छन्। श्रीमती पाण्डेले विदेश पठाइदिने भन्दै पैसा लिएर ठगी गरेको प्रहरीले जानकारी दिएको छ। उनी श्रीमान बाबासगैँ सुन्दरीजलको एउटा कुटीमा बस्दै आएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell