PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अर्बपति मुकेश अम्बानीको पार्टीमा शाहरुख खानदेखि शाहिद कपूरसम्म



अर्बपति मुकेश अम्बानीको पार्टीमा शाहरुख खानदेखि शाहिद कपूरसम्म
फोटो : hindustantimes.com ।

नयाँ दिल्ली : भारतीय अर्बपति मुकेश अम्बानीले आइतवार आफ्नै निवास एण्टिलामा विवाह पार्टी आयोजना गरे। अम्बानी खानदानको उक्त पार्टीमा बलिउड हस्तीहरुलाई पनि निमन्त्रण गरिएको थियो।

पार्टीमा शाहरुख खान, अभिषेक बच्चन, एश्वर्य राय बच्चन, शाहिद कपूर, अनिल कपूर लगायतका थुप्रै बलिउड हस्तीहरु पुगेका थिए। पार्टीमा अभिनेत्री एश्वर्य रायको 'रेड ड्रेस'ले सबैको ध्यान खिचेको थियो। उनी रातो रंगको अनारकली कुर्तामा सजिएकी थिइन्।

पार्टीमा शाहरुख खानको साथमा श्रीमती गौरी खान पनि पुगेकी थिइन्। शाहिद कपूर पनि रोयल अन्दाजमा मिरा राजपुतसँग पार्टीमा देखिएका थिए। 

यसअघि मुकेश अम्बानी र नीता अम्बानीले छोरी इशा अम्बानीको विवाह पनि धुमधाम गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell