PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दक्षिण एसियाली खेलकुदका लागि नेपाली फुटबल टोलीको घोषणा



दक्षिण एसियाली खेलकुदका लागि नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं : नजिकिँदै गरेको दक्षिण एसियाली खेलकुदका लागि नेपाली फुटबल टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली यू-२३ टोलीको घोषणा गरेका हुन्।

नेपाली टोलीमा ३ सिनियर खेलाडी समेत रहेका छन्। जसमा सुजल श्रेष्ठ, विकेस कुथु र बिक्रम लामा रहेका छन्।

'हामी कडा मेहेनत गरिरहेका छौं। पुरै टिम खेलप्रति प्रतिबद्ध छ। मलाई लाग्छ हामीले लामो समयसम्म तयारी गर्‍यौं। हाम्रो खेलाडीहरुमा धेरै राम्रो पक्षहरु छन् जसलाई सिनियर खेलाडीहरुले अझ अघि ल्याउनेछन्,' बंगबन्धु गोल्डकप जिताएका प्रशिक्षक बालगोपाल महर्जनले भने।

उनले थपे, 'क्याम्पका क्रममा खेलाइएका मैत्रीपूर्ण खेलहरुमा प्रदर्शन हेर्दा मेरो दिमागमा केही कुरा आएको थियो। हामी सागका लागि पुरा तयार छौं।'

नेपाली टिम

गोलकिपर : विकेश कुथु, अर्पण कार्की, दीप कार्की

डिफेन्डर : अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ, छिरिङ गुरुङ

मिडफिल्डर : सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेसेहाङ आङदाम्बे, तेज तामाङ

फर्वाड : विमल घर्ती मगर, अभिसेक रिजाल, रेजिन सुब्बा, अन्जन विष्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell