PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ठगी प्रकरण : अध्यक्ष पद्म ज्योतिलाई पनि पक्रन अदालतको अनुमति



ठगी प्रकरण : अध्यक्ष पद्म ज्योतिलाई पनि पक्रन अदालतको अनुमति

काठमाडौं: जग्गा ठगी गरेको आरोपमा ज्योति ग्रुपका संचालक डाक्टर रुप ज्योतिमाथि अनुसन्धान गरिरहेको प्रहरीले उनका दाइ पद्म ज्योतिलाई समेत पक्राउ गर्ने अनुमति लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ गर्न अनुमति पाएको हो। अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको छ। पद्म ज्योति ज्योति ग्रुपका अध्यक्ष हुन्।

गत बिहीवारमात्र ठगी अभियोगमा पूर्वमन्त्री एवम् चर्चित व्यवसायी डाक्टर रुप ज्योति सहित उनकी छोरी सुरुचि ज्योतिलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले ज्योतिलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। 

आइतवारमात्र अदालतले प्रहरीलाई अनुसन्धानको लागि मागेको सात दिनको समयमा पाँच दिन थप गरेको थियो।

नेपालका ठूला व्यवसायी घरानाको नेतृत्व गर्दै आएका रुप ज्योतिले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको थियो। त्यसैका आधारमा गत वर्षको मंसिर १९ गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।

तर, ज्योति समूहले सर्वच्च अदालतमा रिट दायर गर्दै ठगी गरेको जिल्ला अदालतको फैसलालाई चुनौती दिएका थिए। सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै प्रहरीलाई ज्योति पक्राउका लागि बाटो खुलेको थियो।

उनीविरुद्ध विजेन्द्र कृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै मुद्दा दायर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell