PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मुख्यमन्त्री शंकर पोखरेलको दाबी : प्रधानमन्त्रीका प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ



मुख्यमन्त्री शंकर पोखरेलको दाबी : प्रधानमन्त्रीका प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रवार आफ्नो सचिवालय सदस्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरे। त्यस लगत्तै सचिवालय सदस्यहरुले सामूहिक रुपमा राजीनामा बुझाइसकेको स्रोतको दाबी छ।

तर, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुने दाबी गरेका छन्।

पोखरेलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा प्रमको 'समृद्ध नेपाल सुखी नेपाली' अभियानका भरोसायोग्य सारथी रिमाल सल्लाहकारबाट नहट्ने दाबी गरेका हुन्। रिमाललाई हटाएर पोखरेललाई प्रधानमन्त्रीको सल्लाहारमा ल्याइने चर्चापछि उनले उक्त कुरा सार्वजनिक गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, 'प्रमको समृद्ध नेपाल सुखी नेपाली अभियानको भरोसायोग्य सारथी हो कमरेड विष्णु रिमाल। प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ।'

 

तर शुक्रवार प्रधानमन्त्रीको निर्देशनपछि सामुहिक रुपमा राजीनामा बुझाइएको एक सचिवालय सदस्यले दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell