PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कालापानी हाम्रो हो, तर 'राष्ट्रवादी' ओली सरकार यसबारे किन बोल्दैन? : देउवा



कालापानी हाम्रो हो, तर 'राष्ट्रवादी' ओली सरकार यसबारे किन बोल्दैन? : देउवा
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी नेपालकै भएको उल्लेख गर्दै सरकारले तत्काल वार्ता थाल्नुपर्ने बताएका छन्। 

आज पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना गरेको कार्यक्रममा देउवाले उक्त भनाई राखेका हुन्।

देउवाले कालापानी नेपालकै भएको र लिपुलेक त्रिदेशीय विन्दु भएको बताए। उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा नआएकोमा आश्चर्यसमेत व्यक्त गरे। 'लिपुलेक ट्रइजक्सन हो। नेपालको पनि हो। भारतको पनि हो र चीनको पनि हो। यसबारे मैले भारतमा गएर पनि बोलेको छु,' देउवाले भने, 'वार्ताद्वारा यो समस्या समाधान हुनुपर्छ। राष्ट्रवादी ओली किन बोलिरहेको छैन।'

कार्यक्रममा उनले उपनिर्वाचनमा जसरी पनि कांग्रेसले जित्नुपर्ने र यसका लागि कांग्रेस कार्यकर्ता एक भएर लाग्नसमेत आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell