PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

उपचारपछि घर फर्किन् लता मंगेश्कर



उपचारपछि घर फर्किन् लता मंगेश्कर
फोटो : Hindustan Times ।

मुम्बई : गायिका लता मंगेश्कर उपचारपछि घर फर्किएकी छिन्। श्वासप्रश्वासमा समस्या देखिएपछि उनी सोमवार अस्पताल भर्ना भएकी थिइन्।

उनलाई मुम्बईस्थित ब्रिचक्याण्डी अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। लताको टिमले एउटा विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य स्थितिको बारेमा जानकारी दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, 'लता मंगेश्करजी को छातीको सम्स्या देखिएको थियो। उहाँको उमेरलाई ध्यानमा राख्दै सावधानीको रुपमा समयमै संक्रमणलाई रोकथाम गर्न उहाँलाई ब्रिचक्याण्डी अस्पताल लगिएको थियो।'

उनको स्वास्थ्यमा केही सुधार देखिएपछि अहिले घरमै डाक्टर राखेर उनको हेरचाह गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell