PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फिल्म 'हिजो आजको कुरा'को छायांकन शुरु 



फिल्म 'हिजो आजको कुरा'को छायांकन शुरु 

काठमाडौं : फिल्म 'हिजो आजको कुरा'को शुभमुर्हुतसँगै छायांकन शुरु गरिएको छ। बुधवार पशुपतिनाथस्थित भुवनेश्वरी मन्दिरमा शुभमुर्हुत पश्चात फिल्मको छायांकन शुरु गरिएको हो।

फिल्मको छायांकन ३५ दिनमै सकिने निर्माण टिमले जनाएको छ। 'हिजो आजको कुरा'लाई कलाकार तथा निर्देशक सन्तोष पन्तको छोरा शाकार पन्तले निर्देशन गर्दैछन्।

लामो समय नेपाल टेलिभिजनबाट प्रसारण भएको चर्चित टेलिसिरियल 'हिजो आजको कुरा' नाममै निर्माण हुन लागेको यो फिल्म यश फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ।

फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्की, सविन शाक्य, अनुष्का अधिकारी, रमेश अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell