PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वडाध्यक्षको उम्मेद्वारी मनोनयनमा मन्त्रीदेखि पूर्वमन्त्रीको लर्को, 'सरकारको विरोध गर्दा भयो विवाद'



वडाध्यक्षको उम्मेद्वारी मनोनयनमा मन्त्रीदेखि पूर्वमन्त्रीको लर्को, 'सरकारको विरोध गर्दा भयो विवाद'

  • फूलमान तामाङ-

नवलपुर: स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्षको उम्मेद्वारी मनोनयनका लागि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ८ मा मन्त्री र पूर्वमन्त्रीको लर्को लागेको छ। उम्मेद्वारी मनोनयनका लागि गाउँपालिकाको केन्द्र नवलपुरमा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङ र प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल पुगे।

यता नेपाली कांग्रेसका तर्फबाट पनि पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत पुगे। उनका साथमा कांग्रेस सभापति विकास लामा, जिल्लाका पदाधिकारी पुगेका थिए।  कांग्रेसले राले तामाङ(अशोक)लाई आफ्नो उम्मेद्वार बनाएको छ भने नेकपाले केदारनाथ आचार्यलाई आफ्नो उम्मेद्वार बनाएको छ। आचार्य पूर्व माओवादीबाट यसअघि यही पदमा चुनावी मैदानमा थिए।

मंसिर १४ को उपनिर्वाचनका लागि सिन्धुपाल्चोक यस वडामा अन्य दलले पनि उम्मेद्वारी दिएका छन्।  निर्वाचित अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा एक हजार ४०४ मतदाता सहभागी हुँदैछन्।

यसअघि सो वडामा कांग्रेसविजयी भएको थियो। निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठले तीन सय ६४ मत ल्याएका थिए। निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमाओवादीका केदारनाथ आचार्यले तीन सय ५५ मत ल्याएका थिए भने एमालेका सम्पूर्ण तामाङले दुई सय २१ र राप्रपाका पूर्णबहादुर तामाङले चार मत मात्रै ल्याएका थिए।

श्रेष्ठसँग माओवादीका आचार्य ७ मतले मात्रै पराजित भएका थिए। उनै आचार्यलाई अहिले पनि उम्मेदवार अघि सारिएको हो।

बस्नेतले सरकारको विरोध गर्दा सामान्य विवाद

शुरुमै उम्मेद्वारी दर्ता गरेपछि काँग्रेसले कोणसभा गर्‍यो। उक्त सभामा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले आफ्नै क्षेत्रमा मन्त्री शेरबहादुर तामाङलाई हटाएको विषयमा धारणा राख्दा विवाद भएको छ। उनको धारणामाथि नेकपाका कार्यकर्ताले आपत्ति जनाएपछि विवाद भएको थियो।

पूर्वमन्त्री एवं सांसद तामाङले भने आफ्नो पार्टीका कार्यकर्तालाई संयमित भएर लाग्न आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell