PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सीके राउतको पार्टीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी, चुनाव चिन्ह ‘लाउड स्पिकर’



सीके राउतको पार्टीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी, चुनाव चिन्ह ‘लाउड स्पिकर’

जलेश्वर: निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएकी छिन्।

गाउँपालिकाको अध्यक्ष पदमा डा सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले उम्मेदवारी दर्ता गरेको उक्त पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले बताए।

उम्मेदवार मण्डल सो पार्टीको तर्फबाट ‘लाउडस्पिकर’ छाप लिएर चुनावी मैदानमा उत्रिएकी हुन्। पहिलो पटक पार्टी चुनावमा आएको र केही अलग गर्ने उद्देश्य रहेको बताउँदै उम्मेदवार मण्डलले आफ्नो पार्टीले चुनाव जित्ने जिकिर गरिन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell