PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रियंका र निकले लस एन्जल्समा किने यस्तो घर, मुल्य २० मिलियन डलर



प्रियंका र निकले लस एन्जल्समा किने यस्तो घर, मुल्य २० मिलियन डलर

बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका श्रीमान निक जोनसले अमेरिकाको लस एन्जल्समा २० मिलियन डलरमा घर किनेका छन्। यसको नेपाली रुपैयाँ २ अर्ब ३० करोडभन्दा पर्न आउँछ।

२० हजार स्क्वायर फिटमा फैलिएको प्रियंकाको नयाँ घरमा ७ वटा बेड रुम र ११ वटा बाथरुम रहेको छ।

यसको अलवा उनीहरुको नयाँ घरमा मनोरञ्जनका लागि छुट्टै मुभी थिएटर, रेस्टुरेन्ट, इनडोर बास्केट बल कोर्ट, क्वालिटी वेट बार, लाउज एरिया, गेम्स रुम, जिमखाना र पाहुनाको लागि सानो स्पेससमेत बनाइएको छ।

उनीहरुले बेवर्ली हिल्सको घर बेचेर लस एन्जलसमा घर किनेका हुन्। अमेरिकी गायक निक जोनस र देसी गर्ल प्रियंका चोपडाले गत वर्ष विवाह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell