PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

ने क पाले उपनिर्वाचन जिते निरंकुशता र फाँसीवादलाई प्रोत्साहान मिल्ने समाजवादी पार्टीको ठहर



ने क पाले उपनिर्वाचन जिते निरंकुशता र फाँसीवादलाई प्रोत्साहान मिल्ने समाजवादी पार्टीको ठहर
फाइल फोटो

काठमाडौं : समाजवादी पार्टी नेपालले आगामी निर्वाचनका बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ। आजबाट शुरु भएको पार्टीको केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा आगामी उपनिर्वाचन सत्तारुढ कम्युनिस्ट पार्टी (ने क पा) नाप्ने ब्यारोमिटर भएको उल्लेख छ।

साथै सो प्रतिवेदनमा ने क पाले निर्वाचन जिते निरंकुशता र फाँसीवादालाई प्रोत्साहान मिल्ने राजनीतिक प्रतिवेदनमा दाबी गरिएको छ।

'उपनिर्वाचन सत्तारुढ पार्टी प्रतिको जनमतको आकर्षण वा विकर्षण नाप्ने ब्यारोमिटर पनि हो। यदि धेरै नालायकी, भ्रष्टता र अकर्मण्यताका बाबजुद मतपरिणाम ने क पाकै पक्षमा देखिएमा त्यसले निरंकुशता र फासीवादलाई प्रोत्साहन गर्ने छ,' प्रतिवेदनमा भनिएको छ।

आगामी निर्वाचन पनि ने क पाले जिते त्यो कसैको हितमा नहुने ठहर गरिएको छ।

साथै समाजवादीले राष्ट्रिय राजनितिमा राजनीतिक तथा वैचारिक तेस्रो ध्रुव बन्ने उद्देश्य पेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell