PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'छ माया छपक्कै' वर्षको सर्वाधिक व्यापार गर्ने फिल्म भएको दीपकराजको दाबी



'छ माया छपक्कै' वर्षको सर्वाधिक व्यापार गर्ने फिल्म भएको दीपकराजको दाबी

काठमाडौं: कलाकार तथा निर्माता दीपकराज गिरीले 'छ माया छपक्कै' लाई विदेशी फिल्मको कारण सिनेमा घरमा कम शो दिए पनि फिल्मले यो वर्षको सबैभन्दा बढी ग्रस कलेक्सन गर्न सफल भएको दाबी गरेका छन्।

बिहिबार फेसबुकमा स्टाटस पोस्ट गर्दै उनले अनेकौ बाधा, अबरोध र अडचन का बाबजूद दर्शकको मायाले 'छ माया छपक्कै'  यो वर्षकै सर्वाधिक ग्रस कलेक्सन गर्ने फिल्म बनेको उल्लेख गरेका हुन्।

दीपकले भारतबाट हिन्दी फिल्म किनेर ल्याउने र नेपाली फिल्मलाई सिनेमा घरमा कम शो दिन फिल्म वितरकहरु सक्रिय रहेको आरोप समेत लगाएका छन्। उनले विदेशी फिल्म बेचेर दाल भात खाएर नेपाली फिल्मकर्मीलाई तर्साउने व्यक्ति विरुद्ध सशक्त भएर अगाडी बढ्ने प्रण समेत गरेका छन्।

उनले लेखेका छन् 'विदेशी फिल्मलाई प्रतिबन्ध होइन निश्चित कोटा लगाउने सञ्चार मन्त्रीको उद्घोषलाई स्वागत गर्दै हामी हाम्रो नेपाली फिल्मको गुणात्मक वृद्धिका लागि सबै निर्माताहरुसँग छलफल र सहकार्यका लागि समेत पहल गर्ने छौं।'

 

दिपेन्द्र लामा निर्देशित 'छ माया छपक्कै' मा दीपकराज गिरीसँगै केकी अधिकारी, केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल लगायतका कलाकारहरुले अभिनय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell