PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

संघीयताको मोडल सही नहुनुमा काँग्रेस जिम्मेवार, काँग्रेसकै कारण देश परनिर्भर बन्दै : समाजवादी पार्टी



संघीयताको मोडल सही नहुनुमा काँग्रेस जिम्मेवार, काँग्रेसकै कारण देश परनिर्भर बन्दै : समाजवादी पार्टी
फाइल फोटो

काठमाडौं : सत्तारुढ समाजवादी पार्टीले राजनैतिक दलहरुप्रतिको आफ्नो धारणा सार्वजनिक गर्दै काँग्रेसकै कारण संघीयताको मोडल सही दिशामा अघि नबढे‍को आरोप लगाएको छ। आजबाट सुरु भएको समाजवादी पार्टीको संघीय परिषद् बैठकमा पार्टीले जारी गरेको प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको छ। 

संघीयताले सही मोडल नलिनुमा कांग्रेसको ठूलो हात रहेको समाजवादीले आरोप लगाएको छ। प्रतिवेदनमा भनिएको छ, 'यो पार्टी उत्पीडित जनसमुदायको मुक्ति, पहिचान र अधिकारको विपक्षमा छ। संघीयताको सही मोडेल निर्धारण हुन नसक्नुमा कांग्रेसको ठूलो हात छ। कांग्रेस सहभागितामुलक, समावेशी समानुपातिक लोकतन्त्रको विरुद्धमा उभिने गरेको छ।'

कांग्रेसले राष्ट्रिय उद्योग समाप्त गरेको र देशलाई परनिर्भर बनाएको समाजवादीको दाबी छ।  'राष्ट्रिय उद्योगधन्दाहरु समाप्त गर्ने, कृषि अनुदान कटौती गने, कृषिप्रधान देशलाई कृषि वस्तुमै परनिर्भर र आयातकर्ता बनाउने, श्रम निर्यात गर्ने बाँकी सबै वस्तुहरु विदेशबाट आयात गर्ने, देशलाई निरन्तर व्यापारघाटामा पार्ने, शिक्षा र स्वास्थ्यको अतिव्यापारीकरण तथा माफियाकरण गर्ने, भूव्यवस्थाको व्यापारीकरणमार्फत् अव्यवस्थित शहरीकरण र शहरी सुकुम्बासी समस्या सृजना गर्ने, नियमक संस्थाहरुको भूमिका कमजोर पार्ने, जताततै मूल्य कार्टेलिङ र सिन्डिकेटलाई प्रश्रय दिने, ठेक्कापट्टा र राजकीय स्रोतहरुमा निश्चित वृतलाई मात्र पोस्ने र कमिसनतन्त्रलाई बढावा दिनेजस्ता प्रवृतिहरु कांग्रेसले संस्थागत गरेको हो,' प्रतिवेदनमा भनिएको छ।

त्यसैगरी कांग्रेस सुशासनको सवालमा प्रतिवद्धता देखिए पनि व्यवहारमा नदेखिएको उसको भनाई छ। भनिएको छ, 'कांग्रेसको शासनकालमा लाउडा, धमिजा, सुडानजस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरु भए। तर कहिल्लै विश्वासनीय छानबीन भएन। सुशासनको सवालमा यो पार्टीको प्रतिवद्वता व्यवहारमा देखिएन।' समाजवादीले कांग्रेसको जनमतमाथि उल्लेखनीय हस्तक्षेप गर्नसमेत तयार हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ।  

त्यसैगरी पार्टीले नेपाली काँग्रेसलाई आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको पार्टी भएको ठहर गरेको छ। समाजवादीले काँग्रेसलाई राजनीतिक प्रतिवेदनमा प्रमुख प्रतिपक्षको भूमिका समेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको पार्टी भएको जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell