PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पौडेलको प्रश्न : लिपुलेकबारे सहमति गर्दा भारत र चीनले नेपाललाई किन बाहिर राख्यो?  



पौडेलको प्रश्न : लिपुलेकबारे सहमति गर्दा भारत र चीनले नेपाललाई किन बाहिर राख्यो?  
फाइल फोटो

झापा: नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले बेइजिङमा लिपुलेकमा अन्तर्राष्ट्रिय व्यापार मार्ग खोल्ने भारत र चीनका प्रधानमन्त्रीले गरेको सहमतिबारे पनि नेपालले बोल्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस झापाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा वरिष्ठ नेता पौडेलले लिपुलेक त्रिदेशीय सिमानामा पर्ने नेपाली भूमि भएकाले नेपालकोसमेत सहभागिताका लागि सो सहमति हुनुपर्ने बताए। 

उनले भने,'लिपुलेकमा अन्तरार्ष्ट्रिय व्यापार मार्ग खोल्ने विषयमा नेपालकोसमेत सहभागिता हुनुपर्ने हो। तर नेपाललाई बाहिर राखेको विषयमा पनि कुरा गर्नुपर्छ।' पौडेलले दुईतिहाईको सरकार अनि प्रतिपक्षको साथ भएको बेलामा सरकारले कुटनीतिक पहल गरेर सीमा विवाद समाधान गर्न नसके कम्युनिष्टहरुले राष्ट्रवादको नारा लगाउन छोड्नुपर्ने बताए। उनले अहिले जस्तो उपयुक्त मौका सीमा विवादको अन्त्य गर्ने विषयले प्रधानमन्त्री केपी ओलीको गफ र काम के हो भन्ने छुटिने बताए।
 
पौडेलले सरकारले जनताका आवश्यक के हुन् भन्ने विषयलाई छुटायाउन नसकेको बताए। पौडेलले भने, ‘सरकारले जनताका आवश्यकता खुट्याउन सकेन। जनतालाई खानेपानी चाहिएको छ। प्रधानमन्त्री पानी जहाजको कुरा गर्नुहुन्छ। जनतालाई सडक चाहिएको छ। तर सरकार रेल ल्याउने कुरा गर्छ।’ वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस जे बोल्छ त्यही गर्छ तर कम्युनिष्टहरु जे बोल्छन त्यो गर्नै सक्दैनन्। 

पौडेलले कम्युनिस्ट नेताहरुको दैनिकी कांग्रेसले बनाउन सुरु गरेको संरचनाको उद्घाटन गर्न जाने अनि फोटो खिच्ने र कांग्रेसलाई गाली गर्ने मात्र भएको बताए। उनले भने,‘अहिलेको सरकारले कुनै नयाँ र ठुला योजना संचालन गर्न सकेको छैन। कांग्रेस सरकारका पालामा काम सुरु भएका संरचनाको उदघाटन गर्ने, फोटो खिच्ने अनि कांग्रेसले केही गरेन भनेर गाली गर्ने काम कम्युनिष्ट नेताहरुको दैनिकी जस्तै भएको छ।’ वरिष्ठ नेता पौडेलले कांग्रेस कार्यकर्ताले आफुलाई जनतासँग जोडेर कम्युनिस्टहरुको गरेको राज्यशक्तिको दुरुपयोग रोक्नुपर्ने बताए।
 
पौडेलले राजनीतिमा गुटबन्दी स्वभाविक भएपनि गुटबन्दी व्यवस्थापन गर्न नसक्दा कांग्रेस कमजोर भएको बताए। उनले राजनीतिमा गुटबन्दी सत्ययुगदेखि नै भएको बताउँदै तटस्थ बस्ने कार्यकर्ता आफुलाई असुरक्षित भएको महसुस  गरी गुटमा लाग्ने बताए। उनले भने, 'तठस्थ कार्यकर्ता आफुलाई असुरक्षित महशुस गरी गुटमा लाग्छ। तर नेतृत्वले व्यवस्थापन गर्दा आम कार्यकर्तालाई असुरक्षित महसुस हुन दिनु हुँदैन। गुटको व्यवस्थापन भनेको यही हो। कांग्रेसको यो हुन सकेको छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell