PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हङकङ आन्दोलन चीनको 'एक राष्ट्र दुई नीति' सिद्धान्तमाथिको चुनौती : सी जिनपिङ



हङकङ आन्दोलन चीनको 'एक राष्ट्र दुई नीति' सिद्धान्तमाथिको चुनौती : सी जिनपिङ
फोटो: AFP

चिनियाँ राष्ट्रपति सी जिनपिङले हङकङमा भइरहेको प्रदर्शनले चीनको 'एक राष्ट्र दुई नीति' सिद्धान्तमाथि चुनौती थपेको बताएका छन्।

हङकङ सरकारले करिव ६ महिना अगाडि ल्याएको सुपुर्दगी विधेयककोविरुद्ध शुरु भएको आन्दोलन हाल चीन विरोधी आन्दोलनमा रुपान्तरण भइसक्यो। गएको दुई हप्तामा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भइसकेको छ। प्रदर्शनकारीहरुले पनि प्रहरीमाथि हिंसात्मक आक्रमण गरिरहेका छन्।

यसैबीच ब्रिक्स सम्मेलनका लागि ब्राजिल पुगेका सीले हङकङका विषयमा अभिव्यक्ति दिएका हुन्।

उनले भने, 'हङकङमा भइरहेको प्रदर्शन अन्त्य गरेर शान्ति कायम गर्नु अहिलेको प्रमुख कार्य हो।'

सन् १९९७ मा बेलायतले चीन सरकारलाई हङकङ हस्तान्तरण गरेको थियो। प्रदर्शनकारीहरु अहिले चीनबाट स्वतन्त्रता माग गरिरहेका छन्।

६ महिना अघि सुपुदर्गी विधेयकको विरुद्ध शुरु भएको आन्दोलन उग्र बन्दै गएपछि सरकारले विधेयक फिर्ता लिए पनि प्रदर्शनकारीहरुले आन्दोलन रोकेका छैनन्। प्रदर्शनकारीहरुले हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने, प्रदर्शनका क्रममा भएको दमनबारे निष्पक्ष छानविन हुनुपर्नेलगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन्। चीन भने ल्यामलाई राजीनामा गराउने पक्षमा छैन।

विधेयक विरुद्ध शुरु भएको आन्दोलनमा अहिले आएर चीनबाट हङकङलाई स्वतन्त्र बनाउने पक्षधरहरुको बाहुल्यता रहेको छ।

प्रदर्शनकारीले विदेशी राष्ट्रहरुसँग हङकङ मामिलामा हस्तक्षेप गर्न आह्वान गरेपछि चीनले 'एक राष्ट्र दुई नीति' सिद्धान्त माथि संकट उत्पन्न भए कदम चाल्न बाध्य हुनुपर्ने चेतावनी दिइसकेको थियो। हाल प्रदर्शनरत पक्षलाई 'आन्तरिक आतंकवाद' सँगै तुलना गर्दै चीनले हङकङमा चीनको झण्डा जलाउने, चिनियाँ कार्यालयहरुमा तोडफोड भएको भन्दै अवस्था नियन्त्रणमा लिन हङकङमा चिनियाँ जनमुक्ति सेना परिचनलन हुन सक्ने चेतावनी दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell