PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बेलायतको कम्प्युटर पाठ्यक्रम 'डिजी प्रोग्राम' नेपालमा



बेलायतको कम्प्युटर पाठ्यक्रम 'डिजी प्रोग्राम' नेपालमा

काठमाडौं : बेलायतको 'एनसिसी एजुकेसन'सँगको सहकार्यमा 'सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड इ कमर्स'ले बेलायतको 'डिजी प्रोग्राम' नेपालमा शुरुवात गरेको छ। आज एक कार्यक्रमकाबीच उक्त कार्यक्रमको आरम्भ गरिएको हो।

बेलायत सरकार मातहत दर्ता भइ विद्यालय र उच्च शिक्षा सम्बन्धि पठ्यक्रम निर्माण गर्ने एनसिसीले तयार गरेको यो कार्यक्रम नेपालमा 'डिजी स्कुल'को नामले सञ्चालन हुने सफ्ट्वेरिका कलेजले जनाएको छ।

'डिजी स्कुल' कार्यक्रम कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षा हो। पाठ्यक्रमसहितको यो कार्यक्रमबाट नेपाली स्कुले विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउने कलेजले बताएको छ। 

'डिजी प्रोग्राम' बेलायत, सिंगापुर, पाकिस्तान, भारतलगायत देशहरुमा लोकप्रिय रहेको एनसिसी एजुकेसन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले बताए। यो कोर्ष पढ्ने विद्यार्थीले एनसिसी एजुकेसन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनले जानकारी दिए।

विद्यालयले 'डिजी स्कुल' कार्यक्रम सञ्चालन गर्न छुट्टै पाठ्यक्रमको विकास गर्न नपर्ने र विद्यालयमै रहेको पाठ्यक्रमभित्र रहेर कार्यक्रम सञ्चालन गर्न सक्ने नोर्टनको भनाइ छ। यो कार्यक्रम सञ्चालनको लागि ठूलो पूर्वाधारको आवश्यकता नरहेको उनी बताउँछन्।

नोर्टनले भने, '२५ जनाको एउटा कक्षामा एउटा मात्रै कम्प्युटर राखेर डिजी सञ्चालन गर्न सकिन्छ। यसको लागि ठूलो कम्प्युटर ल्याबको आवश्यकता पर्दैन। यो कार्यक्रम छोटो अवधीको लागि पनि सञ्चालन गर्न सकिन्छ।'

'डिजी स्कुल' कार्यक्रम सञ्चालन गर्न चाहने कुनै पनि स्कुलले सफ्ट्वेरिका कलेजसँग सम्पर्क गरी अध्यापन शुरु गर्न सक्ने कलेजले जनाएको छ।

आइजिसिएसइ (इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरी एजुकेसन)ले समेत 'डिजी प्रोग्राम'लाई मान्यता दिएको नोर्टनले बताए। अहिले विश्वमा कम्प्युटरको भाषा अधिकांशको लागि दोस्रो भाषा भएकाले कम्प्युटर शिक्षाको लागि 'डिजी प्रोग्राम' उपयुक्त हुने उनको भनाइ छ। यसबाट विद्यार्थीले सामान्य कम्प्युटर शिक्षादेखि 'एडभान्स्ड प्रोग्रामिङ'सम्म सिक्न सक्ने उनले बताए।

नेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउन भन्ने उद्देश्यले 'डिजी स्कुल' नेपालमा ल्याएको सफ्ट्वेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए। समसामयिक परिवर्तनसँगै विश्व 'डिजिटल वर्ल्ड' मा प्रवेश गरिरहँदा नेपालमा पनि प्राविधिक क्रान्तिको जरुरी भएको अध्यक्ष श्रेष्ठले बताए।

'२/३ दशक अगाडि अंग्रेजी पढ्न बोर्डिङ स्कुलको लहर आयो' उनले भने, 'अब भने स्कुलदेखि नै प्राविधिक शिक्षाको लहर आउनु जरुरी छ। यही कुराले हामीलाई डिजी स्कुल सुरु गर्न हौस्यायो।'

'डिजी स्कुल' कार्यक्रमले नेपाल सरकारको 'डिजिटल नेपाल' तथा 'स्मार्ट सिटी' कार्यक्रममा पनि सहयोग पुर्‍याउने सफ्ट्वेरिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलले बताए। यो कार्यक्रमलाई नेपालका ग्रामिण क्षेत्रमा पुर्‍याउन नेपाल सरकारसँग सहकार्य गर्न सकिने पनि उनले बताए।

नेपालमा प्राविधिक शिक्षाको विकास गर्न सफ्ट्वेरिका कलेजले सन २०१० देखि एनसिसी एजुकेसनसँग विभिन्न प्राविधिक शिक्षामा सहकार्य गर्दै आइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell