PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मन्त्री हेरफेरको विषयलाई लिएर नेकपाको सचिवालय बैठक सुरु



कुञ्जरमणि भट्टराई

मन्त्री हेरफेरको विषयलाई लिएर नेकपाको सचिवालय बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषदमा हुने सम्भावित हेरफेरको विषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ।

हिजो बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर हुँदै गरेको जानकारी गराएका थिए।

मन्त्रीहरु हट्ने र नयाँ थपिने तथा जिम्मेवारी हेरफेर समेत गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले केही दिनयता पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल तीब्र बनाउँदै आएका छन्। आज बिहान पनि दुई नेताबीच छलफल भएको थियो।

छलफलबाट मन्त्रीहरुको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ नेकपाका दुवै अध्यक्ष पुगेका थिए। भण्डारीसँग छलफल गरेर बाहिरिएपछि नेकपाको सचिवालय बैठक सुरु भएको हो।

यद्यपि, मन्त्री हेरफेरको विषय निक्कै पेचिलो भएकाले आज बिहान ९ बजेका लागि बोलाइएको सचिवालय बैठक पटक पटक सरेर १ बजेपछि मात्र सुरु भएको हो।

बैठकले मन्त्रीहरुको हेरफेरको विषयमा महत्वपूर्ण निर्णय लिने विश्वास गरिएको छ। उप प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल विदेशमा रहेकाले बैठकमा उपस्थित छैनन्। त्यसैगरी पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता झलनाथ खनालसमेत बैठकमा अनुपस्थित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell