PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारत - बंगलादेश 'डे नाइट' टेस्ट क्रिकेटका लागि गुलाबी रंगले रंगियो कलकत्ता



भारत - बंगलादेश 'डे नाइट' टेस्ट क्रिकेटका लागि गुलाबी रंगले रंगियो कलकत्ता

भारतको कलकत्ता अहिले गुलाबी रंगले सजिएको छ। भारत र बंगलादेशबीच हुने  पाँच दिने 'डे नाइट' टेस्ट क्रिकेटमा पहिलोपटक गुलाबी रंगको बल (पिंक बल) प्रयोग हुँदैछ। त्यसैले, भारतमा पहिलोपटक प्रयोग हुन लागेको पिंक बललाई लिएर अहिले भारतभर चर्चा भइरहेको छ।

रातिको खेललाई लक्षित गर्दै प्रतियोगितामा पिंक बल प्रयोग गरिन लागिएको हो। रातिको खेलमा पहेंलो र सुन्तला रंगको प्रयोग समेत गरिएको थियो। तर, त्यसको भिजिबिलिटी राम्रो हुन सकेन। टेलिभिजन क्यामराले पनि ती बलहरु पत्ता लगाउन गाह्रो भयो। त्यसैले, 'डे नाइट' अन्तर्राष्ट्रिय क्रिकेटमा पिंक बलको अवधारणा ल्याइएको थियो।

 

पिंक बलबाट खेलिने क्रिकेट खेल उद्घाटन गर्न बंगलादेशकी प्रधानमन्त्री शेख हसिना 'पिंक सिटी' कलकत्ता पुगिसकेकी छिन्। पिंक बलले खेलिने खेलको उत्साहले कलकत्ता गुलाबी रंगले सजिएको हो।

 

कलकत्ताका घरहरु राति गुलाबी रंगले सजाइँदा मिठाइ पसलहरुमा गुलाबी रंगका मिठाइ र आइसक्रिम उत्पादन ह्वात्तै बढेको छ। पत्रपत्रिकाका हेडलाइनसमेत गुलाबी रंगले पोतिएका देखिन्छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell