PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उपनिर्वाचन : प्रत्येक वडामा निर्वाचन आयोगका दुई शिक्षा कार्यकर्ता



उपनिर्वाचन : प्रत्येक वडामा निर्वाचन आयोगका दुई शिक्षा कार्यकर्ता

काठमाडौं : निर्वाचन आयोगले बिहीवारबाट उपनिर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। मतदाताहरुलाई प्रशिक्षित बनाउन आयोगले एक हप्तासम्म उक्त कार्यक्रम सञ्चालन गर्नेछ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले स्थानीय तहका प्रत्येक वडामा २ जना मतदातमा शिक्षा कार्याकर्ता खटाइएको जानकारी दिए।

मतदाता शिक्षा कार्यकर्ताले उपनिर्वाचन्सम्बन्धी जानकारीमूलक पोष्टर टाँस्ने, मतदातको घरमा उपनिर्वाच सम्बन्धी पुस्तक वितरण गर्ने, मतदातालाई मतपत्रको माध्यमबाट मतदान गर्ने तरिकाबारे जानकारी दिनेछन्। निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रममा सहभागिता जनाउन मतदाताहरुलाई आग्रहसमेत गरेको छ।

त्यस्तै उपनिर्वाचनको सन्दर्भमा उच्च स्तरीय सुरक्षा समितिको बैठक पनि बसेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। बैठकले उपनिर्वाचनमा खटिने कर्मचारीहरुलाई निश्चिन्त भएर निर्वाचन गतिविधिमा लाग्न तथा मतदाताहरुलाई ढुक्क भएर निर्वाचनमा सहभागी हुने आग्रहसमेत गरेको छ।  

मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदमा उपनिर्वाचन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell