PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

‘रनवे ड्रिम्स २०१९’को उपाधि सिमरन र निश्चललाई



‘रनवे ड्रिम्स २०१९’को उपाधि सिमरन र निश्चललाई

काठमाडौं : ‘रनवे ड्रिम्स २०१९’को उपाधि सिमरन चौधरी र निश्चल न्यौपानेले जितेका छन्। सिमरनले ८ प्रतियोगीलाई पछि पार्दै केटीतर्फ र निश्चलले १९ प्रतियोगीलाई पछि पर्दै केटा तर्फको विजेता बनेका हुन्।

कार्यक्रममा दुवै विजेताले आयोजकको तर्फबाट नगद एकलाख बराबरको विभिन्न अवसरका प्याकेज हात पारेका छन्।

‘ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसन’को आयोजनामा शुक्रवार राति थापाथली स्थित ब्लुस्टार इभेन्ट्समा सम्पन्न प्रतियोगितामा केटीतर्फ दिब्या शाह फर्स्ट रनर-अप र रीना गर्सियता सेकेन्ड रनर-अप भइन्। यता केटातर्फ मनोज मान फर्स्ट रनर-अप र आभाष भट्टराई सेकेन्ड रनर-अप घोषित भए।

भव्य रुपमा निर्माण भएको रनवेसहित फेसनमय वातावरमा आयोजित प्रतियोगितामा गायक निर्णय श्रेष्ठ, मिसेज इन्टरनेशनल हेरिटेज-२०१९ दुर्गा बिसुराल, ब्युटिसियन सिता न्यौपाने पाठक, म्यानहन्ट विजेता ध्रुब बुढाथोकी, फेसन डिजाइनर गोमा तिवारी, केज फिटनेश सञ्चालक उज्वलकृष्ण श्रेष्ठ र संचारकर्मी श्रृजना दुवाल निणार्यक मण्डलमा थिए।

प्रतियोगिता युवायुवतीलाई उत्कृष्ट प्रशिक्षणसहित भविष्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक ‘ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसन’की सिइयो मन्जु ढकालले बताइन्।

डा नविन शाह निर्देशक रहेको प्रतियोगितामा फोटो जेनिक दिब्या शाह, कृतज्ञ थापा, मोस्ट पपुलरमा सुस्मा थापा, सरोज राई, बेस्ट वाकमा रीना गर्सियत, मनोज मान, बेस्ट फ्रेण्डसिप प्रशान्त शाह, बेस्ट स्क्रिन अनुप श्रेष्ठ र रीना प्रधान, बेस्ट इष्टाइलिसमा निश्चल न्यौपाने, रचना कार्की रहे।

त्यस्तै बेस्ट फिजिकमा सुनिल राई, सिमरन चौधरी, बेस्ट ट्यालेन्टमा रोसन सुनाम, रन्जना कठायत, बेस्ट फर्सनालिटीमा राजेन्द्र महता, रीना गर्सियत घोषित् भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell