PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आयुष्मानको ह्याट्रिक : एकपछि अर्को फिल्म भयो हिट



आयुष्मानको ह्याट्रिक : एकपछि अर्को फिल्म भयो हिट
फोटो : wwmindia.com ।

मुम्बई : फिल्म 'विक्की डोनर'बाट बलिउडमा प्रवेश गरेका अभिनेता आयुष्मान ख्रुराना अहिलेका सफल अभिनेतामा गन्निछन्। उनी अभिनित अधिकांश फिल्महरु भारतीय बक्स अफिसमा हिट भएका छन्।  

त्यसमध्ये 'बरेली की बर्फी', 'शुभ मंगल', 'सावधान', 'अंधाधुन', 'बधाई हो', 'आर्टिकल फिफ्टिन', 'ड्रीम गर्ल' र 'वाला' उनका हिट फिल्महरु हुन्।

बलिउडका चर्चित अभिनेता शाहरुख खान र सलमान खानको करियर ओराला लागिरहँदा आयुष्मान अभिनित हरेक फिल्महरु भारतीय बक्स अफिसमा हिट भएका छन्। त्यसो त पछिल्लो समय शाहरुख अभिनित फिल्म 'जिरो' फ्लप भएपछि उनी कुनै पनि फिल्ममा देखिएका छैनन्।

लगातार एकपछि अर्को फिल्मको सफलतापछि आयुष्मान भने विभिन्न ब्राण्डसँग जोडिएका छन्। त्यसो त केही समयअघि आयुष्मानले फिल्म 'अन्धाधुन'बाट उत्कृष्ट अभिनयको कारण नेशनल अवार्ड समेत हात पारेका थिए। साथै उनी अभिनित फिल्म 'बधाई हो'ले पनि भारतीय नेशनल अवार्ड पाएको थियो। 

पछिल्लो समय आयुष्मान अभिनित फिल्म वालाले दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रिया पायो। नोभेम्बरबाट प्रदर्शनमा आएको 'बाला'लाई भारतमा मात्र नभएर नेपालमा पनि उत्तिकै रुचाइएको छ।

सबै किसिमको रोलमा फिट हुने भएकोले गर्दा पनि उनका हरेक फिल्मलाई दर्शकले रुचाइरहेका छन्। उनले अभिनय मात्र नभएर गायनमा पनि सक्रिय छन्। 

साथै आयुष्मान सामाजिक सञ्जालमा पनि उत्तिकै लोकप्रिय छन्। सामाजिक सञ्जालमा उनको 'प्यान फलोइङ' पनि बाक्लै छन्। उनलाई इन्स्टाग्राममा ८.७ मिलियन र ट्वीटरमा ५.५ मिलियनले फ्लो गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell