PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फिल्म 'सम्झना बिर्सना'मा पूजा र आकाशसँगै छुल्ठिम मुख्य भुमिकामा



फिल्म 'सम्झना बिर्सना'मा पूजा र आकाशसँगै छुल्ठिम मुख्य भुमिकामा
फोटो : छुल्ठिम गुरुङको फेसबुक।

काठमाडौं : फिल्म 'सम्झना बिर्सना'मा अभिनेत्री छुल्ठिम गुरुङले इन्ट्रि गरेकी छिन्। छायांकन शुरु भइसकेको यस फिल्ममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको छ। 

साथै फिल्ममा छुल्ठिम गुरुङको पनि मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ। आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरिरहेको फिल्ममा पूजा, आकाश र छुल्ठिमसँगै सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेल लगायतका कलाकारहरुको अभिनय रहनेछ। 

आदित्य फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्म 'सम्झना बिर्सना'मा शिव ढकालको छायांकन रहेको छ।

यसअघि पूजा र आकाशले फिल्म 'पोई पर्‍यो काले'मा अभिनय गरेका थिए। तर 'पोई पर्‍यो काले' व्यापारिक रुपमा सफल भएन्। साथै पूजा र आकाश अभिनित फिल्म 'सम्हालिन्छ कहिले मन' पनि प्रदर्शनको तयारिमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell