PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'ग्लोबल नेपाली फिल्म अवार्ड'मा अनमोल र नम्रताले पाए 'स्टार अफ द इयर' अवार्ड 



'ग्लोबल नेपाली फिल्म अवार्ड'मा अनमोल र नम्रताले पाए 'स्टार अफ द इयर' अवार्ड 

काठमाडौं : हालै अमेरिकामा सम्पन्न 'ग्लोबल नेपाली फिल्म अवार्ड'मा अभिनेता अनमोल केसी र अभिनेत्री नम्रता श्रेष्ठले 'स्टार अफ द इयर' अवार्ड जितेका छन्। स्टार अफ द इयर अवार्ड जितेसँगै उनीहरुले सामाजिक सञ्जालमा अवार्डको तस्विर सार्वजनिक गर्दै फ्यानहरुसँग खुसी साटेका छन्।

यसअघि जापानमा आयोजित 'सूर्य इन्टरनेशनल अवार्ड २०१९' मा पनि अनमोलले फिल्म 'क्याप्टेन'बाट 'मोस्ट पपुलर एक्टर'को अवार्ड जितेका थिए। त्यसो त जापानमा भएको सूर्य इन्टरनेशनल अवार्ड निकै विवादमा पनि फसेको थियो।

प्रायः मिडियाबाट टाढै रहने अनमोल हतपत कुनै पनि सार्वजनिक कार्यक्रममा देखिदैनन्। पछिल्लो समय अनमोललाई अवार्ड मुखी भएको आरोप पनि लागेको छ। केही दिनअघि जापानमा आयोजित सुर्य इन्टरनेशनल अवार्डमा पनि अवार्ड पाउने पक्का भइसकेपछि मात्र उनी बुवा भुवन केसीसँग जापान उडेको चर्चाले मिडिया तताएको थियो।

अनमोलको अभिनय भन्दा पनि नेपाली रजतपटमा उनको लुक्स र स्टारडमको चर्चा निकै नै हुने गर्दछ। पछिल्लो समय अनमोलले फिल्म 'ए मेरो हजुर ३'मा अभिनय गरेका थिए जसलाई दर्शकले निकै रुचाए।

नम्रताको पछिल्लो फिल्म 'जाइरा' हो। जाइराको लागि नम्रताले दुई वर्ष मार्सल आर्टको ट्रेनिङ समेत लिएकी थिइन्। तर 'जाइरा' व्यापारिक रुपमा भने सफल भएन। 'जाइरा'मा नम्रताको दम्दार एक्सन र लुक्सलाई भने दर्शकले निकै रुचाए। 

साथै ग्लोबल नेपाली फिल्म अवार्डका लागि अनमोल र नम्रतासँगै भुवन केसी, दीपाश्री निरौला, राजेश हमाल, शिव श्रेष्ठ, दीपिका प्रसाइ लगायतका कलाकारहरु अमेरिका पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell