PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रेमी दिपेक्षसँग लगन गाँठो कस्दैछिन् ऋचा, सार्वजनिक गरिन् विवाह मिति



प्रेमी दिपेक्षसँग लगन गाँठो कस्दैछिन् ऋचा, सार्वजनिक गरिन् विवाह मिति

काठमाडौं : अभिनेत्री ऋचा शर्मा विवाहको तयारीमा जुटेकी छिन्। विवाह मिति तय भएसँगै उनले विवाहको तयारी शुरु गरेकी हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्विर शेयर गर्दै विवाह मिति सार्वजनिक गरेकी हुन्। डिसेम्बर ७ अर्थात मंसिर २१ गते उनी प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह बन्धनमा बाँधिदै छिन्।

उनी लामो समयदेखि दिपेक्षसँग प्रेममा थिइन्। दिपेक्ष लाबिम मलका म्यानेजर हुन्। सार्वजनिक तस्विरमा उनले आफ्नो शुभचिन्तकलाई माया र साथको लागि धन्यवाद समेत दिएकी छिन्।

त्यसो त ऋचा केही समयअघि आफ्नो ब्याचलर पार्टी मनाउन पोखरा पुगेकी थिइन्। उनको ब्याचलर पार्टीमा केकी अधिकारी प्रियंका कार्की लगायतका अभिनेत्रीहरु सहभागी थिए। ब्याचलर पार्टीपछि नै उनको विवाहको चर्चा शुर भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell