PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मिस युनिभर्सको टप २० को दौडमा प्रदिप्ता अधिकारी



मिस युनिभर्सको टप २० को दौडमा प्रदिप्ता अधिकारी

काठमाडौं : 'मिस युनिभर्स नेपाल २०१९' प्रदिप्ता अधिकारी नेपालको प्रतिनिधित्व गर्दै मिस युनिभर्समा सहभागी भएकी छिन्। यति बेला उनी मिस युनिभर्सको टप २० को प्रतिस्पर्धामा छिन्।

मिस युनिभर्स २०१९ मा विश्वभरबाट ९० देशका सुन्दरीहरू सहभागी भएका छन्। जसमध्ये उनी ६० औं नम्बरमा छिन्। उनलाई टप २० मा पुर्‍याउन विश्वभरबाट भोट गर्न सकिनेछ। त्यसको लागि मिस युनिभर्सको वेबसाइटमा गएर भोट गर्नुपर्ने हुन्छ। ६ डिसेम्बरको राति ११ बजेर ५९ मिनेटसम्म भोट गर्न सकिनेछ।

मिस युनिभर्स २०१९ को ६८ औ संस्करण डिसेम्बर ८ तारिखमा अमेरिकाको टेलर पेरी स्टुडियोमा हुँदैछ। त्यसो त प्रदिप्ता अधिकारी मेडिकलकी विद्यार्थी हुन्। डान्सर, नाटककार, योगी जस्ता बहुआयामिक प्रतिभाकी धनी अधिकारीले शान्ति सुन्दर बाल कल्याणको साथ निकट काम गरेकी थिइन्। उनको अभियान 'सबका लागि स्वास्थ्य हेरचाह' चर्चामा छ।

जुन मातृ, नवजात शिशु र बाल मृत्युदरमा केन्द्रित छ। यस अभियानले निःशुल्क मेडिकल चेकअप, उपचार र परामर्श प्रदान गर्दछ। उनी फ्रान्सेली र मन्डारिन भाषा अध्ययन गर्दै छिन्। यदि उनी मिस युनिभर्स बन्न सफल भएमा उनले यस प्लेटफर्मको प्रयोग गरी विश्वका विभिन्न कुनाकाप्चामा पुगेर स्वास्थ्य सेवा दिने योजना छ। उनी आधारभूत स्वास्थ्य शिक्षाको महत्वको वकालत गर्दै मातृ तथा बच्चाहरूको मृत्युदर घटाउने दिशामा काम गर्ने आशा राख्छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell