PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

साहित्यकार कर्णकुमारका दुई कृतिको एकसाथ गरियो विमोचन 



साहित्यकार कर्णकुमारका दुई कृतिको एकसाथ गरियो विमोचन 

काठमाडौं : कर्णकुमार श्रेष्ठद्वारा लिखित दुई कृति एकसाथ विमोचन गरिएको छ। काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘उस्तै उस्तै मान्छे’ र गजल संग्रह ‘मनको सागर’ लाई वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले विमोचन गरेका हुन्।

विमोचित एल्बम ‘मनको सागर’मा ७ वटा गीत तथा गजलहरु रहेका छन्। संग्रहित गीत तथा गजलहरुमा अन्जु पन्त, शिव परियार, रामकृष्ण ढकाल, मनोज राज सिवाकोटी, दिपशिखा राहुल, सजल न्यौपाने र बुनु श्रेष्ठ लगायतको आवाज रहेको छ।

गीत तथा गजलहरुमा किरण कँडेल, बिएन निराकार, रिदम कँडेल र रामकुमार रिमालले संगीत सिर्जना गरेका छन् भने किरण कँडेल, बिएन निराकार, रिदम कँडेल र देवेन्द्र नेवाले संगीत संयोजन गरेका छन्।

२००० सालमा गढीथुम्का, इलाममा जन्मिएका श्रेष्ठको गतबर्ष निधन भएको थियो। श्रेष्ठ साहित्यिक क्षेत्रसँगसँगै समाजसेवामा समेत क्रियाशील थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell