PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इन्स्टाग्राममा ऋतिकले गरे यस्तो भावुक पोष्ट



इन्स्टाग्राममा ऋतिकले गरे यस्तो भावुक पोष्ट

मुम्बई : बलिउड अभिनेता ऋतिक रोशनले सामाजिक सञ्जाल इन्स्टाग्राममा मुटुको एउटा तस्विर शेयर गर्दै भावुक स्टाटस लेखेका छन्।

उनले तस्विर शेयर गर्दै क्यापसनमा लेखेका छन्, 'मेरो मुटुको आकार। साच्चै हामी सबै कति भुल्नेरेबल छौँ। सबैबाट प्रेम पाउन हामीले हाम्रो आधा जिन्दगी भन्दा बढि समय मेहेनत गर्न नपर्ने भए। कति सजिलै बिर्सिन्छौँ कि हामी सबै एक हौँ, प्रेमले बनेका हौँ।'

 

उनको तस्विरमा करिब ९ लाखले लाइक र कमेन्ट गरेका छन्। सार्वजनिक तस्विरमा उनका एक प्रशंसक लेख्छन्, 'मुटु एकदम स्वस्थ्य देखिरहेको छ।' त्यस्तै अर्का प्रशंसकले लेख्छन् 'प्रेरणादायक।'

अभिनयको कुरा गर्दा पछिल्लो समय ऋतिक फिल्म 'सुपर ३०' र 'वार' मा देखिएका थिए। दुबै फिल्मले भारतीय बक्स अफिसमा ३ सय करोड भारुको व्यापार गर्दै सुपरहिट भएको थियो। 'सुपर ३०' र 'वार'पछि ऋतिकले कुनै नयाँ प्रोजेक्ट साइन गरेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell