PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रचण्डको अध्यक्षतामा पहिलोपटक बसेको नेकपा सचिवालय बैठक उपनिर्वाचनको समिक्षा र प्रधानमन्त्रीको स्वास्थ्यमा केन्द्रित



प्रचण्डको अध्यक्षतामा पहिलोपटक बसेको नेकपा सचिवालय बैठक उपनिर्वाचनको समिक्षा र प्रधानमन्त्रीको स्वास्थ्यमा केन्द्रित

काठमाडौं चुनावी समीक्षा र पार्टीको सांगठानिक एकीकरणको बाँकी कामबारे छलफल गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकार प्राप्त गरेपछि पहिलोपटक बसेको बैठकले उपनिर्वाचन भएका सम्बन्धित स्थानका कमिटीलाई समीक्षा रिपोर्ट केही दिनभित्र पेश गर्न निर्देशन दिएको छ।

यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सचिवालयको अर्को बैठक मंसिर २३ गतेलाई बोलाइएको छ। उक्त बैठकमा उपनिर्वाचन समीक्षा रिपोर्टको औपचारिक रुपमा छलफल तथा स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा आवश्यक निर्णय लिइने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell