PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अनु मलिकलाई फेरि लाग्यो यौन शोषणको आरोप, इण्डियन आइडलको 'जज'मा मलिकको ठाउँमा हिमेश रेशमिया



अनु मलिकलाई फेरि लाग्यो यौन शोषणको आरोप, इण्डियन आइडलको 'जज'मा मलिकको ठाउँमा हिमेश रेशमिया
फोटो : Times of India ।

मुम्बई : गायक, संगीतकार तथा अभिनेता हिमेश रेशमियाले अनु मलिकलाई 'इण्डियन आइडल सिजन ११'को निर्णायकमा 'रिप्लेस' गरेका छन्।

अनु मलिकले इण्डियन आइडल छोडेको एक हप्तापछि हिमेश रेशमियाले निर्णायकको जिम्मेवारी लिएका हुन्। तर अनुले यस रियालिटी शोबाट ३ हप्ताको ब्रेक मात्र लिएको दाबी गरेका छन्। तर परिस्थिति हेर्दा उनी फर्किने सम्भावना भने कमै देखिन्छ। हिमेशले पनि आफू इण्डियन आइडलको अन्त्यसम्मै रहने बताएका छन्।

इण्डियन आइडल बारेमा बोल्दै हिमेश भन्छन्, 'मैले इण्डियन आइडल हेरिरहेको छु। यसरी बीचमा इण्डियन आइडलसँग जोडिनुमा मलाई कुनै आपति छैन्। किनकी मलाई सबै प्रतिस्प्रर्धीको गायन क्षमता राम्ररी थाहा छ। म सहभागीहरुलाई प्रेम र सही सल्लाहको साथ मार्गदर्शन गर्नेछु। सायद यो सिजनको अन्त्यसम्म म इण्डियन आइडलमा रहनेछु।'

यसअघि अनु मलिकले यौन शोषणको आरोप लागेपछि इण्डियन आइडल छोडेका थिए। हालै गायिका सोना मोहापात्रले पनि सामाजिक सञ्जालमा उनीविरुद्ध यौन शोषण गरेको भन्दै खुल्ला पत्र लेखेकी छिन्। त्यस्तै नेहा भसीनले पनि अनुले विगतमा आफूलाई यौन शोषण गरेको आरोप लगाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell