PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अस्ट्रेलियामा गुन्जियो 'गाँउ गाँउबाट उठ'



अस्ट्रेलियामा गुन्जियो 'गाँउ गाँउबाट उठ'
तस्विर सौजन्य : Tez Wanem ।

काठमाडौं : अस्ट्रेलियामा जारी 'नेपथ्य श्रृंखला' अन्तर्गत तेस्रो कन्सर्ट मंगलवार एडिलेडमा सम्पन्न भएको छ। उक्त कन्सर्टमा ‘गाउँ गाउँबाट उठ’ गीतले दर्शकलाई उफारेको छ।

मंगलवार अस्ट्रेलियाको पाँचौ ठूलो सहर एडिलेडमा घन्किएको उक्त गीतमा हलभरीकै सबै दर्शक उफ्रिदै कलाकारसँगै गाए। कन्सर्ट हेरेर फर्केपछि एडिलेडका रैथाने जो डेभिसले उनको फेसबुकमा तस्विरहरु राख्दै लेखेका छन्, ‘माइ फस्ट नेपाली कन्सर्ट। इट वाज असम।'

‘आँगनै भरि हिउँ नै झरे’ बोलको गीतसँगै नेपथ्यको कन्सर्ट शुरु भएको थियो। त्यसपछि लगातार एकपछि अर्को ब्याण्डका सदाबहार गीतहरु दुई घन्टासम्म घन्किएका थिए। कतिपय भर्खरै रेकर्ड गरिएका गीतहरु पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रमभरी दर्शकहरुले गायक अमृत सँगसँगै गीत गाएर साथ दिएका थिए। अमृतले त्यस क्रममा नेपाली तन्नेरीहरुलाई विदेशमा बसेता पनि स्वदेशको माया मुटुमा सँगालेर राखिरहन अनुरोध गरिरहेका थिए।

सहरको २० डिग्री तापक्रम भएको बेला कन्सर्टमा ‘सा कर्णाली’ म्यूजिक भिडियोले एचक्यू हल भित्रको तापक्रम झनै बढाइदिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell