PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एकपछि अर्का कोरियाली स्टारको रहस्यमय मृत्यु : अभिनेता चा इन हाको आफ्नै निवासमा भेटियो शव



एकपछि अर्का कोरियाली स्टारको रहस्यमय मृत्यु : अभिनेता चा इन हाको आफ्नै निवासमा भेटियो शव
फोटो : Voice of America/Reuters ।

साउथ कोरियाली पप स्टार तथा अभिनेता चा इन हा मृत फेला परेका छन्। २७ वर्षीय अभिनेता सोलस्थित आफ्नै निवासमा मृत फेला परेका हुन्। 

उनले २०१७ मा 'यू डीप इन्साइड अफ मी' फिल्मबाट अभिनय सुरु गरेका थिए। उनले हालै टेलिभिजन शृङ्खला 'लभ विथ फ्लज'मा काम गर्न थालेका थिए।

दुई महिनाको अन्तरालमा तीन जना कोरियाली स्टारको रहस्यमय निधन भइसकेको छ। जसमा अक्टोबरमा पप गायिका सुल्ली र नोभेम्बरमा गू हारा आफ्नै निवासमा मृत फेला परेका थिए।

त्यसो त चाको मृत्युलाई पनि शंखास्पद मानिएको छ। हालसम्म उनको मृत्युको कारण खुलेको छैन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell