PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लामो समयपछि एउटै पर्दामा देखिँदै रणवीर-दीपिकाको जोडी



लामो समयपछि एउटै पर्दामा देखिँदै रणवीर-दीपिकाको जोडी
फोटो : Vogue India/Getty Images ।

मुम्बई : बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री दीपिका पादुकोणको जोडी लामो समयपछि बलिउड पर्दामा देखिने भएको छ।

दीपिका र रणवीर यो पटक लभ स्टोरी जनारामा निर्माण हुन लागेको फिल्ममा अभिनय गर्न लागेको लाइभ हिन्दुस्तानले जनाएको छ। उनीहरु निर्देशक लव रन्जनले निर्माण गर्न लागेको नयाँ फिल्ममा देखिन लागेका हुन्।

उनीहरुले पछिल्लो समय २०१५ मा रिलिज भएको फिल्म 'तमाशा'मा एकसाथ काम गरेका थिए। यो जोडीलाई 'बचना ए हसिना, 'ए जवानी हे दिवानी' लगायतका फिल्ममा देखिएको थियो।

त्यसो त रणवीर र दीपिका भूतपूर्व प्रेमी प्रेमिका हुन्। उनीहरु लामो समय प्रेम सम्बन्धमा थिए। दीपिकासँग ब्रेकअप भएपछि रणवीर कपूर कट्रिना कैफसँग प्रेममा परे। कट्रिनासँग ब्रेकअप भएपछि उनी हाल आलिया भट्टको प्रेममा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell