PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'धुर्मुस-सुन्तली फाउण्डेसन'लाई लिटिल फ्लावरको दुई लाख सहयोग



'धुर्मुस-सुन्तली फाउण्डेसन'लाई लिटिल फ्लावरको दुई लाख सहयोग

चितवन : 'धुर्मुस-सुन्तली फाउण्डेसन'लाई लिटिल फ्लावर विध्यालयले २ लाख सहयोग गरेको छ। चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रियस्तरको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको लागि विद्यालयले फाउण्डेसनलाई रकम सहयोग गरेको हो।

चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुलले आयोजना गरेको अन्तर विध्यालय नृत्य प्रतियोगितामा सिताराम कट्टेल 'धुर्मुस'लाई रेडकार्पेटको सम्मानसहित २ लाख रुपैयाँ सहयोग गरिएको थियो। हाँस्य कलाकार 'धुर्मुस-सुन्तली' गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माणमा जुटेका छन्।

यसैबीच लिटिल फ्लावर स्कुल नारायणगढले आयोजना गरेको नृत्य प्रतियोगिताको उपाधी ओम शान्ति एकाडेमीले जितेको छ।

चितवन, नवलपरासी, तनहु, रुपन्देही, गोरखाका गरी ४० विध्यालयका बालबालिकाहरु प्रतियोगितमा सहभागी भएका थिए। नृत्य प्रतियोगितामा एसओएस बालग्राम भरतपुर दोस्रो र बालकुमारी इङलिस स्कुल नारायणगढ तेस्रो भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell